अष्ट्रेलियन ओपन टेनिसको उपाधि फेडेररलाई

भक्तपुर न्यूज

१७ माघ २०७३ ५:२६

अष्ट्रेलियन ओपन टेनिसको उपाधि फेडेररलाई

एजेन्सी, १७ माघ । स्वीस खेलाडी रोजर फेडेररले अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् । हिजो भएको फाइनलमा स्पेनिस खेलाडी राफाल नाडाललाई हराउँदै उपाधिमाथि कब्जा जमाएका हुन्।
३ घन्टा ३६ मिनेटसम्म चलेको खेलमा पूर्वविश्व नम्बर एकहरुको भिडन्तमा फेडेरर ६–४, ३–६, ६–१, ३–६ र ६–३ ले विजयी भएका हुन्।
योसँगै सर्वाधिक ग्रान्डस्लाम जितको कीर्तिमानलाई फेडेररले १८ पुर्‍याएका छन्् । १४ पटकका ग्रान्डस्लाम विजेता नाडाललाई हराएसँगै फेडेररले अस्ट्रेलियन ओपन उपाधिको संख्या पनि पाँच पुर्‍याएका छन्। ३५ वर्षीय फेडेररले सन् २०१२ को विम्बल्डन टेनिसमा पहिलो ग्रान्डस्लाम जितेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *