कुलेश्वरमा भीषण आगलागी
काठमाडौं, १७ माघ । काठमाडौंको कुलेश्वरमा गएराति भएको भीषण आगलागीबाट २७ वटा पसलमा क्षती पुगेको छ । विधान महर्जनले सञ्चालन गरेको जस्ताको टहराको पसलबाट आगलागी सुरु भएको हो । मेसिनरी, मासु, फेन्सी, पर्दा, कार्पेट, भाँडा, रसायन लगायतका २७ वटा पसलमा आगलागि भएको हो ।
आगलागीबाट कति क्षति भयो भन्ने एकिन विवरण आइ नसके पनि लाखौं रुपैयाको धनमाल नोक्सानी भएको अनुमान गरिएको कालीमाटी प्रहरीले जनाएको छ । गएराति पौने ९ बजेबाट सुरु भएको आगो राति १० बजे बाट मात्र ६ वटा दमकल र खानेपानी ओसार्ने ट्याङ्करको सहायताबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगो के कारणले लाग्यो भन्ने अझै सम्म पनि खुल्न सकेको छैन ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:१९
युक्रेनमाथि रुसको सबैभन्दा ठूलो हवाई आक्रमण
१५ असार २०८२ १६:२५