चौतर्फी विरोध तर ट्रम्प अडिग

भक्तपुर न्यूज

१७ माघ २०७३ ५:०७

चौतर्फी विरोध तर ट्रम्प अडिग

एजेन्सी, १७ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शरणार्थी तथा विभिन्न सात देशका नागरिकलाई अमेरिका भ्रमणमा लगाएको प्रतिबन्धको चौतर्फी आलोचना तथा विरोध भइरहेको छ । तर राष्ट्रपति ट्रम्प भने आफ्नो निर्णयमा अडिग छन्।
ब्रुकलिनको अदालतले ट्रम्पको आदेशको केही अंशमा रोक लगाएको छ । तर त्यसको प्रभाव ट्रम्पको निर्णयमा परेको जस्तो देखिएको छैन । ट्रम्पको निर्णयको रिपब्लिकन पार्टीकै धेरै नेताले आलोचना गरेका छन् । तर ट्रम्पले भने आफ्नो निर्णयको बचाउन गरेका छन् । आफ्नो निर्देशन मुस्लिममाथिको प्रतिबन्ध नरहेको उनको दाबी छ । ५० मध्ये १६ राज्यका कानुन निकायका प्रमुखले राष्ट्रपति ट्रम्पको निर्देशन गैरसंवैधानिक रहेको बताएका छन् । धेरै संघीय अदालतका न्यायाधीशले ट्रम्पको ओदशको केही भागमा रोक लगाउँदै भिसा पाएका मानिसलाई अमेरिका प्रवेशमा रोक लगाउन नहुने फैसला गरेका छन् ।
राष्ट्रपति ट्रम्पले शुक्रबार एक निर्देशनमा हस्ताक्षर गर्दै एक सय २० दिनका लागि अमेरिकाको शरणार्थी कार्यक्रम बन्द गरेका थिए । यस्तै इरान, सिरिया, इराकसहितका सात देशका नागरिकमाथि अमेरिका प्रवेशमा रोक लगाएका थिए । ट्रम्पको आदेश धार्मिक युद्धको कारण बन्न सक्ने भन्दै आलोचना भइरहेको छ । यसको विरोधमा विभिन्न ठाउँमा विरोध प्रदर्शन भएका छन् । विभिन्न देशका नेता तथा विश्लेषकले पनि आलोचना गरेका छन् । तर राष्ट्रपति ट्रम्पले भने आफ्नो निर्णयको बचाउ गर्दै यसले कुनै समस्या नल्याउने दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *