रियल मड्रिडले रियल सोसिडाडलाई हरायो

भक्तपुर न्यूज

१७ माघ २०७३ ४:५९

रियल मड्रिडले रियल सोसिडाडलाई हरायो

एजेन्सी, १७ माघ । स्पेनिस ला लिगाको शीर्ष स्थानको रियल मड्रिडले चार अंकको अग्रता कायम गरेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई ३–० ले हराउँदै शीर्ष स्थान मै कायम रहेको हो।
रियल मड्रिडका लागि माटेओ कोभाकिक, क्रिष्टियानो रोनाल्डो र अल्वारो मोराटाले गोल गरे । ३८ औं मिनेटमा कोवाकिकले गोल गर्दै पहिलो हाफमा रियल मड्रिडलाई १–० को अग्रता दिलाए । ५१ औं मिनेटमा रोनाल्डोले रियल मड्रिडको अग्रता दोब्बर पारे । रोनाल्डोले ला लिगामा यो सिजन १५ खेलमा १३ गोल गरेका छन् । ७४ औं मिनेटमा इनिगो मार्टिनेज दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रियल सोसिडाड १० खेलाडीमा सीमित भयो । ८२ औं मिनेटमा मोराटाले गोल गरेपछि रियल मड्रिडले ३–० को जित दर्ता गर्‍यो ।
जितपछि शीर्ष स्थानको रियल मड्रिडको १९ खेलबाट ४६ अंक भएको छ । एक खेल बढी खेलका दोस्रो र तेस्रो स्थानका बार्सिलोना र सेभिल्लाको ४२ अंक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *