म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश
एजेन्सी, १७ माघ । म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । गएराति भएको चौथो चरणको खेलमा विगानलाई ४–० ले हराएर म्यानचेस्टर युनाइटेडले पाँचौं चरणमा प्रवेश गरेको हो ।
युनाइटेडको जितमा मारोआन फेलाइनी, क्रिस स्मोलिङ, हेनरिक एमखितर्यान र बास्टिएन स्वान्सटाइगरले गोल गरे । ४४ औं मिनेटमा फेलाइनीले गोल गरेपछि पहिलो हाफमा युनाइटेडले १–० को अग्रता लियो । स्मोलिङले ५७ औं मिनेटमा अग्रता दोब्बर पारे । ७४ औं मिनेटमा एमखितर्यान र ८१ औं मिनेटमा स्वान्सटाइगरले गोल गरेपछि युनाइटेड ४–० ले विजयी भयो ।
गएराति नै भएको खेलमा हल सिटीलाई ४–१ ले हराएको फुलह्याम तथा वाट्फोर्डलाई १–० ले हराएको मिलवालले पनि पाँचौं चरणमा स्थान बनाएका छन् । यस्तै सुट्टन युनाइटेडले लिड्सलाई १–० ले हराएर पाँचौं चरणमा प्रवेश गरेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
३ जेठ २०८२ १४:२१
पृथ्वी, हिमाल र महासागर जोगाउन सगरमाथा संवाद : प्रधानमन्त्री ओली
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
२ जेठ २०८२ १८:१५