घाना र इजिप्ट अफ्रिका कप अफ नेशन्सको सेमिफाइनलमा प्रवेश
एजेन्सी, १७ माघ । घाना र इजिप्ट अफ्रिका कप अफ नेशन्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । गाबोनमा जारी प्रतियोगिता अन्तर्गत गएराति भएको क्वाटरफाइनलमा प्रजातान्त्रिक गणतन्त्र कंगोलाई २–१ ले हराएर घाना सेमिफाइनलमा प्रवेश गरेको हो ।
घानाको जितमा आयु दाजुभाइले गोल गरे । जोर्डन आयुले ६३ तथा उनका दाइ आन्द्रे आयुले ७८ औं मिनेटमा घानाका लागि गोल गरे । कंगोका लागि पउल–जोस एम’पोकुले एक गोल फर्काए ।
गएराति नै भएको खेलमा मोरक्कोलाई १–० ले हराएको इजिप्ट पनि सेमिफाइनलमा पुगेको हो । इजिप्टको जितमा ८७ औं मिनेटमा अब्देल मोनेइमले गरेको गोल नै निर्णायक बन्यो । सेमिफाइनलमा इजिप्टले बुर्किना फासो तथा घानाले क्यामरुनसँग खेल्ने छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
८ वैशाख २०८२ १४:०८
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला
८ वैशाख २०८२ १४:२४
सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षमा निधन
९ वैशाख २०८२ १७:१०