लैंगिक हिंसा कम गर्न मोबाइल एप निडर

भक्तपुर न्यूज

१६ माघ २०७३ ८:४४

लैंगिक हिंसा कम गर्न मोबाइल एप निडर

काठमाडौं, १६ माघ । लैंगिक हिंसा न्यूनिकरणको क्षेत्रमा काम गरिरहेको गैरसरकारी संस्था उज्यालो फाउन्डेशनले अष्ट्रेलियन राजदुतावससँगको सहकार्यमा मोबाइल एप्लिकेशन ल्याएको छ। महिला हिंसाका घटना प्रत्येक दिन भइरहेपनि असुरक्षित दैनिकी विताउनुपर्ने बाध्यतालाई कम गर्न सहयोग हुने भन्दै फाउन्डेशनले ल्याएको निडर नामको एप सार्वजनिक गरिएको छ।
कुनै पनि व्यक्तिलाई हिंसाबारे आवाज उठाउन प्रोत्साहित गर्ने र सुरक्षा अभिबृद्धि गर्ने उद्देश्यले निडर एप ल्याइएको फाउन्डेशनकी कार्यकारी निर्देशक अमुदा मिश्रले जानकारी दिइन्।
कसरी काम गर्छ निडरले
एसओएस म्यासेजः कुनै पनि व्यक्तीले तत्कालको स्थानको जानकारीसहित आफ्नो सुरक्षा सम्पर्कलाई खबर पठाउन सकिन्छ। तत्काल बचाउ आपतकालिन अवस्थामा आफ्ना सम्पर्कमा रहेकाहरुलाई सेचत पार्नको लागि पावर बटन पटकपटक थिचेपछि फल्स अलार्म बज्छ।
लैंगिक हिंसा उजुरी
नेपालमा जुनसुकै ठाउँबाट पनि लैंगिक हिंसाका फोटो,अडियो,भिडियो रिपार्ट यही एपबाट दिन सकिन्छ। जुन लैंगिक हिंसासम्बन्धि काम गर्ने संघसंस्थाको ठेगानामा पुग्छ। जुन संस्थाहरुले १२ देखि २४ घण्टाभित्र सेवा प्रदान गर्ने फाउन्डेशनले जानकारी दिएको छ। सुरक्षा जाँच
आफ्नो यात्राको जानकारी र गन्तव्यसम्म पुग्न लाग्ने समयतालिकासहित सुरक्षा चेकइन निर्धारण गर्न सकिन्छ।यदि निर्धारित समयसम्म नपुगेमा एपले आफै जानकारी दिन्छ।
सम्पर्क सूची
अपातविपत् पर्दा सहयोग गर्ने संघसंस्थाहरुको सूची यो एपमा पाइन्छ यदि तपाई समस्यामा पर्नुभयो कहाँ सम्पर्क गर्ने भनेर अलमलमा परेमा यो सूचीमा गएर सिँधै सम्पर्क गर्नु सक्नुहुनेछ।
एप कसरी पाउने
गुगल प्लेस्टोरमा गएर NiDARR लेखेर खोजेमा एप आउछ जसलाई तपाईले निशुल्क डाउनलोड गरेर चलाउन सक्नुहुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *