प्रधानमन्त्री दाहाल र प्रमुख निर्वाचन आयुक्त यादवविच आज भेटवार्ता
काठमाडौं, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवबीच भेटवार्ता भएको छ। आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवर्तामा स्थानीय तह निर्वाचनको मिति घोषणाको तयारी बारे छलफल भएको छ, बालुवाटार स्रोतले जानकारी दियो।
प्रधानमन्त्री दाहालले वैशाख अन्तिमसम्म जसरी पनि चुनाव गर्ने तयारी भइरहेको भन्दै कुनै हालतमा चुनाव नरोकिने बताएका थिए। उनले सरकार चुनावको मिति घोषणाको तयारीमा रहेको समेत यादवलाई जानकारी दिए।
प्रमुख आयुक्त यादवले चुनावसम्वन्धी विधेयकहरु पाउनासाथ आयोगले आफ्नो कामलाई तिब्र पार्ने बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०