त्रिशूली नदीमा फेरि ट्रक खस्यो, लिफ्ट मागेर ट्रक चढ्ने बेपत्ता

भक्तपुर न्यूज

१६ माघ २०७३ ८:०४

त्रिशूली नदीमा फेरि ट्रक खस्यो, लिफ्ट मागेर ट्रक चढ्ने बेपत्ता

काठमाडौं, १६ माघ । चितवनको दारेचोक गाविस–४ नाग्दी खोला नजिकैबाट आज बिहान ५ बजेतिर ना ५ ख ५६५४ नम्बरको ट्रक अनियन्त्रित भई त्रिशूली नदीमा खस्दा एक जना हराएका छन् ।
प्रहरीका अनुसार ट्रक सडकबाट झण्डै ७०/७५ मिटर तल नदीमा खसेको छ । प्रहरीले दुर्घटनास्थलबाट ट्रकका चालक धादिङ खयरघारीका २० वर्षीय रामशरण वाग्लेको उद्धार गरेको जनाएको छ । बेपत्ता हुनेको पहिचान नभएको जनाइएको छ । उनी लिफ्ट मागेर ट्रकमा चढेको खुल्न आएको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
चामल बोकेर वीरगञ्जबाट काठमाडौंका लागि छुटेको ट्रक त्रिशूली नदीमा खसेको हो । यसअघि पनि यो सडकखण्डमा ट्रक खसेको थियो । साँघुरो बाटो र घुम्ति धेरै हुँदा दुर्घटनाको जोखिम धेरै रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *