सवारी दुर्घटनामा एकको मृत्यु
काठमाडौं, १६ माघ । झापामा गएराती ट्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ सुन्दरदुलारी–६ की ३० वर्षीया लक्ष्मी चौधरी रहेकी छिन् ।
पूर्व पश्चिम राजमार्गमा को २ त ४३४६ नम्बरको ट्याक्टरलेसोही दिशाबाट आइरहेको १८ प ९३२९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार चौधरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका छविलाल चौधरी भने सकुशल रहेको र ठक्कर दिने ट्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १७:१७
पूर्वक्रिकेटर माइकल स्लेटरलाई जेल सजाय
९ वैशाख २०८२ १३:२४