रेडक्रस सोसाईटी गुण्डु उपशाखालले एम्बुलेन्स सञ्चालन गर्ने
भक्तपुर, माघ १६ गते । नेपाल रेडक्रस सोसाइटी गुण्डु उपशाखाले एम्बुलेन्स सञ्चालन गर्ने नीति तथा कार्यक्रमसहित आठौं साधारणसभा सम्पन्न गरेको छ । उपशाखाका लागि एम्बुलेन्स अत्यावश्यक भएको ठहर गर्दै आन्तरिक व्यवस्थापन भएपछि शाखाले एम्बुलेन्स खरिद गर्ने लक्ष्य लिएको छ ।
कार्यक्रम नेपाल रेड्क्रस् सोसाइटी जिल्ला शाखाका भक्तपुरका सदस्य एवं कटुञ्जे उपशाखाका सभापति धर्मराज कार्कीले रेडक्रस गुण्डु उपशाखाले मानवीय सेवाको क्षेत्रमा गुणात्मक क्रिर्याकलाप सञ्चालन गर्नु सकारात्मक भएको बताए ।
रेडक्रसकर्मीलाई सधै मानवीय सेवामा लाग्न पे्ररित गर्दै उनले जिल्ला शाखा भक्तपुरले गुण्डु उपशाखाको कामको सकारात्मकरुपमा मूल्याकंन गरेको जानकारी गराए ।
कार्यक्रममा पूर्व जिल्ला शाखाका सदस्य सरीता कुँवरले रेडक्रस गुण्डू उपशाखालाई मानवीय कार्यमा थप सक्रिय भएर लाग्ने आग्रह गरिन् ।
गुण्डु गाविसका पूर्व अध्यक्ष भेषबहादुर कार्कीले रेडक्रस गुण्डू उपशाखाले व्यक्तिको व्यतिmत्व, नेतृत्व र सामाजिक र आर्थिक क्षेत्रमा टेवा पुग्ने क्रियाकलाप सञ्चालन गर्नु सकारात्मक भएको बताए ।
शाखाका सभापति रामकुमार बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा शाखाका सचिव राजाराम वाग्लेले शाखाको भावी कार्यक्रम सहितको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
शाखाले विभिन्न समयमा खुल्ला रक्तदान कार्यक्रम, भूकम्प पीडितलाई राहत तथा उद्धार, निःशूल्क स्वास्थ्य शिबिर, सामाजिक सरफाई कार्यक्रम गर्दै आएको छ । साथै अनन्तलिङ्गेश्वर नगपालिका वडा नं. १३ का भूकम्प पीडितहरुलाई जिविको पार्जन कार्यृक्रमसमेत सञ्चालन गरेको छ ।