ट्रम्पको आदेश अदालतले रोक्यो

भक्तपुर न्यूज

१६ माघ २०७३ ५:४०

ट्रम्पको आदेश अदालतले रोक्यो

एजेन्सी , १६ माघ । अमेरिकाको संघीय अदालतले आप्रवासी सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको केही भाग तत्काल कार्यान्वय नगर्न ओदश दिएको छ । संघीय अदालतले अमेरिकाका विभिन्न विमानस्थलमा रोकिएका शरणार्थी तथा अरु मानिसलाई उनीहरुको देश फिर्ता नगर्न आदेश दिएको हो ।
न्युयोर्कको जोन एफ केनेडीसहित विभिन्न विमानस्थलमा राष्ट्रपति ट्रम्पको आदेश अनुसार शरणार्थी तथा अरु मानिसलाई रोकिएपछि अदालतमा मुद्दा दायर गरिएको थियो । अदालतले अब भिसा जारी गर्दा राष्ट्रपति ट्रम्पको आदेश अनुसार संविधान सम्वद्ध हुने गरी गर्न पनि भनेको छ ।
द अमेरिकन सिभिल लिबर्टिज युनियन एसिएलयुले मुद्दा दायर गरेको थियो । अहिलेसम्म झण्डै दुईसय जना विभिन्न विमानस्थल तथा ट्रान्जिटमा रोकिएको एसिएलयुले जनाएको छ । अमेरिकाका विभिन्न राज्यमा राष्ट्रपति ट्रम्पको आदेशको विरोधमा प्रदर्शन भएको छ । ट्रम्पले कट्टरपन्थी इस्लामिक बिद्रोहीलाई अमेरिकामा प्रवेश गर्न नदिने भन्दै इरान, इराक, लिबिया, सोमालिया, सुडान, सिरिया र यमनका नागरिकमाथि ९० दिने भ्रमण प्रतिबन्ध लगाएको हो । संघीय जिल्ला अदालत ब्रुक्लिनका न्यायाधीश एन एम डोनेलीले विभिन्न विमानस्थलमा रोकिएका शरणार्थी तथा अरु मानिसलाई घर फर्काउँदा उनीहरुको पूरा गर्नै नसकिने नोक्सानी हुने भन्दै त्यसो नर्गन आदेश दिएको हुन् ।
न्यायाधीश डोनेलीलाई पूर्व राष्ट्रपति बाराक ओबामाले नियुक्त गरेका हुन् । अदालतले आफूहरुको पक्षमा फैसला गरेपछि आप्रवासीको पक्षमा प्रदर्शनमा रहेकाले खुशीयाली मनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *