आर्सनल र म्यानचेस्टर सिटी एफए कपको पाँचौं चरणमा प्रवेश
एजेन्सी , १६ माघ । आर्सनल र म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेका छन् । गएराति भएको चौथो चरणको खेलमा आर्सनलले प्रिमियर लिग क्लब साउथह्यामप्टनलाई ५–० ले हराएर अघिल्लो चरण स्थान बनाएको हो ।
आर्सनलको जितमा थियो वालकोटले ह्याट्रिक गरे भने ड्यानी वेलबेकले दुई गोल गरे । वेलबेकले १५ र २२ औं मिनेटमा गरी दुई गोल गरेका हुन् । वालकोटले ३५, ६९ र ८४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।
गएराति नै भएको खेलमा प्रिमियर लिग क्लब क्रिष्टल प्यालेसलाई ३–० ले हराएको म्यानचेस्टर सिटीले पनि पाँचौं चरणमा स्थान बनाएको छ । म्यानचेस्टर सिटीको जितमा रहिम स्ट्रर्लिङ, साने र याया टुरेले एक एक गोल गरे ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ वैशाख २०८२ ८:५६
मेसीले चार मौका गुमाउँदा गोलरहित बराबरी
३ वैशाख २०८२ ९:३१
काठमाडौं उपत्यकामा भूकम्पको धक्का
१ वैशाख २०८२ ८:४९
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
३० चैत २०८१ २०:४२
कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्ने प्रचण्डको संकेत
१ वैशाख २०८२ ८:५५