बाहुबली २ को पोस्टर सार्वजनिक
एजेन्सी, १४ माघ । बहुप्रतीक्षित चलचित्र बाहुबली २ को पोस्टर सार्वजनिक गरिएको छ । २८ अप्रिलबाट प्रदर्शनमा आउन लागेको चलचित्र बाहुबली २ फिल्म अहिले निकै प्रतिक्षामा छ । यसअघिका बाहुबली सफल र कथा सस्पेन्स राखिएका कारण सिक्वेलको माग बढेको हो ।
एम एस राजामौलीकै निर्देशनमा बनिरहेको बाहुबली २ मा बाहुबलीकै टीम दोहोरिएका छन् । प्रभास, राणा दग्गुवति, अनुष्का शेट्टि र तमन्न भाटिया मुख्य भूमिकामा रहेका छन् ।
बलिउडदेखि संसारभर धमाका मच्चाउन सफल बाहुबलीको सिक्वेलले रिलिज अगावै रेकर्ड कायम गर्न थालेको छ । फिल्मलाई सोनि टिभी नेटवर्कले ५१ करोड रुपैयामा हिन्दी भर्सनको स्याटेलाइट अधिकार खरिद गरेको हो । यो भारतीय फिल्म इतिहासमा सर्वाधिक हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३