श्रीमतीको हत्या
काठमाडौं, १४ माघ । श्रीमतीको हत्या गरेको आरोपमा नुवाकोट लिखु–४ पुरानो गाउँ बस्ने २८ वर्षका मानबहादुर तामाङ पक्राउ परेका छन् ।
प्रहरीका अनुसार रक्सी खाएर तामाङले आज बिहान २४ वर्षकी श्रीमती उर्मिला तामाङलाई उखुको डाँठले टाउको, ढाड र मुखमा हानेर हत्या गरेका थिए । प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
