भक्तपुर प्रशासन बेखबर

भक्तपुर न्यूज

१४ माघ २०७३ ८:५७

भक्तपुर प्रशासन बेखबर

भक्तपुर । यस्तो छ भक्तपुर जिल्ला प्रशासनको अवस्था भक्तपुर जिल्ला गाबिस मुक्त भइसक्यो तर पनि प्रशासनका कर्मचारीलाई भने कुनै जानकारी छैन । सुन्दा पनि अनौठो, नेपाल सरकारका कर्मचारीलाई आफूले काम गरेको जिल्लाको बारे जानकारी नहुनु त्यो पनि सामान्य बिषयका बारे ।
भक्तपुर गाबिस मुक्त भईसकेको बषौंसम्म पनि जिल्ला प्रशासनका कर्मचारी भने गाबिस बनाउन लागि परेका छन् । हाल ६ नगरपालिका रहेको भक्तपुर जिल्लालाई नेपाल सरकारले वषौं अघि नै गाविसविहीन जिल्ला घोषणा गरि सकेको छ तर पनि हाल जिल्ला प्रशासनका कर्मचारी भने गाबिस भन्दै पत्राचार गरिरहका छन् । भक्तपुर जिल्लाकै संरचना नभएका प्रशासनका कर्मचारीबाट जिल्लाबासीले कस्तो अपेक्षा राख्ने यती बेला चर्चाको बिषय बनेको छ ।


जिल्ला प्रशासन कार्यालय भक्तपुरले चलानी नं ६५ रहेको मिति २०७३ माघ १० गते घरेलु तथा साना उद्योग कार्यालयलाई गरेको पत्राचारमा भक्तपुर जिल्लामा गाबिसै रहेको देखिन्छ । प्रशासकिय अधिकृत रवि चन्द्र मिश्रले हस्ताक्षर गरेको उक्त पत्रमा जिल्लाको सुडाल र ताथली गाबिसमा मापदण्ड बिपरित गैरकानुनी रुपमा सञ्चालन भइरहेका भट्टाहरुको अनुगमन पश्चात उक्त क्षेत्रमा रहेका भट्टाहरुलाई नियन्त्रण गरि प्रतिबेदन पेश गर्न सो पत्रचार गरिएको हो ।
सुडाल र ताथलीमा सञ्चालनमा रहेको कुन कुन इटा भट्टा मापदण्ड पुरा नगरि सञ्चालनमा रहेका छन् र उक्त भट्टा क्षेत्र सञ्चालनले वातारबण प्रदुषण गरेका छन् वा छैनन् सोको साथै स्थानियहरुको आवतजावतका लागि सडकको मर्मत सम्भार भएको वा नभएको सोको जानकारी लिई प्रशासनलाई प्रतिबेदन उपलब्ध गराउन साना तथा घरेलु उद्योग कार्यालयलाई पत्राचार गरेको थियो ।
लामो समयसम्म पनि स्थानियहरुको माग सम्बोधन नभए पछि उनीहरुले यस क्षेत्रका बारे हेलो सरकारसम्म बिषय उठान गरेका थिए तर पनि केही हुन नसकेको उनीहरु गुनासो पोख्छन् । उनीहरु भन्छन् आर्थिक सवल भएकाहरुले जे गरे पनि हुने स्थिति यस क्षेत्रमा सञ्चालनमा रहेको भट्टाहरुको अवलोकन गरे जसले पनि सजिलै बुझ्न सक्छन्, तर पनि सरोकारवालाहरुले स्थानियहरुका जायज माग पुरा गर्ने तर्फ चासो नदेखाएको उनीहरु बताउँछन् ।
भट्टाका एक जानकार भन्छन् भक्तपुरमा बैधानिक भट्टा सञ्चालनमा रहेकाहरुलाई केही कम आरोप लाग्ने गरेता पनि अवैधानिक रुपमा सञ्चालनमा रहेका भट्टाहरुले नियन्त्रण गर्ने निकायका पदाधिकारीहरुलाई आर्थिक प्रलोभनमा पारि धमाधम काम गर्दा त्यसको असर भक्तपुरका स्थानियहरुले भोग्नु परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *