निर्वाचन धाँधलिरहित सम्पन्न हुन्छ: गृहमन्त्री निधि

भक्तपुर न्यूज

१४ माघ २०७३ ८:१७

निर्वाचन धाँधलिरहित सम्पन्न हुन्छ: गृहमन्त्री निधि

काठमाडौं, १४ माघ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले अबको निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित सम्पन्न हुने बताएका छन् ।
आज व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले निर्वाचन कसुर तथा सजायसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७३ पारित भएपछि समितिको बैठकमा बोल्दै मन्त्री निधिले निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुने बताएका हुन् ।
निर्वाचन सम्बन्धि विधेयकहरु संसदबाट पारित हुनेवित्तिकै स्थानीय निर्वाचनको मिति घोषणा गर्ने सरकारले तयारी गरिरहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *