जुम्लामा हिमपात, जनजीवन कष्टकर
जुम्ला, १४ माघ । जुम्लामा हिमपात भएको छ। हिमपात भएपछि जुम्लाको जनजीवन कष्टकर बनेको छ। मध्ये रातिदेखि परेको हिमपातले जुम्ला सेताम्य बनेको छ। दुई दिनदेखि मौसम बदली भएपछि राति हिमपात परेको हो। जुम्लाको डिल्लीचौर, छुमचौर, पातारासी गोठिचौर, वुम्रामाडिचौर, वोता मालिका, मालिकाठाटा, घोडेमहादेव र ताम्ती गाविसलगायतका गाविसमा बाक्लो हिमपात परेको छ। त्यस्तै सदरमुकाम खलंगामा पनि हिमपात परिरहेको छ।
दुई दिनदेखि बादल लागेका कारण सोलारवाट चलेका स्थानीय सञ्चार माध्यम बन्द हुने अवस्थामा पुगेका छन्। हिमपातले जनजीवन निकै कष्टकर बनेको स्थानीय बताउँछन। गाईवस्तुलाई दानापानी दिनदेखि बालबालिका र वृद्धावृद्धालाई चिसोको प्रभाव निकै परेको स्थानीयबासिन्दाले बताएका छन्।
हिमपातका कारण हुम्लाको दैनिक कामनै प्रभावित भएको स्थानीयले गुनासो गरेका छन्। त्यस्तै हिमपातका कारण हवाई सेवा पनि बन्द भएको छ।