आजदेखि ठूला बस चल्ने

भक्तपुर न्यूज

१४ माघ २०७३ ६:०७

आजदेखि ठूला बस चल्ने

काठमाडौं, १४ माघ । काठमाडौंमा आजदेखि धेरै यात्रु क्षमता भएका ठूला बस सञ्चालनमा आउने भएका छन् । यातायात व्यवसायीहरुले यात्रुचापलाई मध्यनजर गर्दै रिङ रोडसहित भित्रि सडकहरुमा पनि ठूला बस सञ्चालन गर्न लागेका हुन् ।
आजदेखि राजधानीमा सिटी मेट्रो कम्पनीले १५ वटा ठूला बस चलाउँदैछ । ४० सिट क्षमताका यी बस अपांग मैत्री रहेका छन् । बालाजु, बनस्थली लगायतका क्षेत्रबाट बानेश्वर जान दुईवटा गाडी फेर्नुपर्ने बाध्यताबाट यात्रु मुक्त हुने कम्पनीका अध्यक्ष हेमेन्द्र शेरचनले बताए ।
वनस्थलीमा वसपार्क राखिएको बस बाट बालाजु, नारायणगोपालचोक, बालुवाटार, पुतलीसडक, माइतिघर, बानेश्वर, कोटेश्वर, पेप्सीकोला हुँदै काँडाघारीसम्म पुग्नेछ । यी बस सोही रुट हुँदै फर्किनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *