निर्वाचन आयोगलाई पूर्णता दिने तयारी

भक्तपुर न्यूज

१४ माघ २०७३ ६:०१

निर्वाचन आयोगलाई पूर्णता दिने तयारी

काठमाडौं, १४ माघ । निर्वाचन आयोगलाई पूर्णता दिने बिषयमा छलफल गर्न संवैधानिक परिषदको वैठक आज वस्दैछ । बैठक सिंहदरवारमा दिउसो २ वजेका लागि बोलाइएको छ । निर्वाचन आयोगमा रिक्त ३ जना आयुक्त नियुक्ती सिफारिस सम्बन्धमा छलफल गर्न परिषद् बैठक बोलाईएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सरकारले निर्वाचन मिति घोषणाको तयारी अन्तिम चरणमा र्पुयाएको तथा आवश्यक कानुन निर्माणले समेत गति लिएपछि परिषद्ले यही महिनाभित्र आयोगलाई पूर्णता दिने लक्ष्य राखेको हो ।
वैठकमा आयोगमा नियुक्त हुन बाँकी तीन जना आयुक्तको सम्भावित नामावली माथि छलफल हुने छ । निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त र आयुक्त सहित ५ जना रहने ब्यवस्था भएपनि हाल प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादव र आयुक्त इला शर्मा मात्र छन् ।
संवैधानिक परिषदको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नयाँ प्रमुख आयुक्त नियुक्ति र महालेखा परीक्षकको नियुक्तिको विषयमा आजको वैठकमा छलफल नहुने बताईएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *