नेसनल ज्योग्राफिकको साहसी वर्ष व्यक्ति मीरा राईले जितिन्

भक्तपुर न्यूज

१४ माघ २०७३ ५:४४

नेसनल ज्योग्राफिकको साहसी वर्ष व्यक्ति मीरा राईले जितिन्

काठमाडौं, १४ माघ । विश्वप्रसिद्ध टेलिभिजन च्यानल नेशनल जोग्राफीको एड्भन्चर अफ दी इयर २०१७ मा अल्ट्रा म्याराथन धाविका मिरा राई विजयी भएकी छन्। विश्वका दश असाधारण साहसिक सफलता प्राप्त गर्ने साहसीहरुको सूचिमा उनी अनलाईन भोटिमार्फत पहिलो भएकी नेशनल जोग्राफीले जनाएको छ। विश्व अल्ट्रा म्याराथनमा आफूलाई स्थापित गर्दै आएकी नेपाली धाविका मीरा राई नेसनल ज्योग्राफिकले सार्वजनिक गरेको वर्षकै साहसी व्यक्ति (एड्भेन्चर अफ द इयर) भएकी हुन्।
नेसनल ज्योग्राफिकले राईसहित १० जनालाई मनोनयनमा पारेको थियो। बाह्र वर्षदेखि सञ्चालन हुँदै आएको यो प्रतिस्पर्धामा अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरूको नाम छनौट गरिन्छ। छनौटमा परेका व्यक्तिलाई नेसनल ज्योग्राफिकको वेबसाइटमार्फत् भोट हाल्न सकिने थियो। सर्वाधिक भोट ल्याउने राई यस वर्षको वर्षको साहसिक व्यक्ति भएकी हुन्।
भोजपुरकी मीरा किशोरी अवस्थामा माओवादी लडाकु बनेकी थिइन्। माओवादी शान्ति प्रक्रियामा आएपछि भएको सेना समायोजन क्रममा उनी अयोग्य ठहरिएकी थिइन्।
मीरा गत वर्ष फ्रान्समा सम्पन्न ८० किलोमिटरको विश्व म्याराथनमा पूर्व विजेतालाई पन्छाउँदै पहिलो भएकी थिइन्। उनी १२ घन्टा ३२ मिनेट १२ सेकेन्डमा उक्त दौड पूरा गर्दै पहिलोपटक विश्व च्याम्पियन बनेकी हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *