बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा
एजेन्सी, १४ माघ । स्पेनिस क्लब बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ५–२ गोलको भारी अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।
पहिलो हाफको १७ औं मिनेटमा डेनिस स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । डेनिस स्वारेजले नै ८२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । ५५ औं मिनेटमा बार्सिलोनाले पाएको पेनाल्टीमार्फत मेस्सीले गोल गरे । त्यस्तै बार्सिलोनाका लागि लुइस स्वारेज र तुरानले पनि एक एक गोल गरेका थिए । रियल सोसिडाडका लागि युनमी र डा सिल्भाले एक एक गोल गरेका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३५
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
११ असार २०८२ १४:३२