हारेपनि म्यानचेष्टर युनाइटेड इएफएल कपको फाइनलमा
एजेन्सी, १४ माघ । गएराति भएको इएफएल कपको दोस्रो सेमिफाइनल खेलमा हल सिटीसँग म्यानचेष्टर युनाइटेड हारेपनि फाइनल प्रवेश गरेको छ । म्यानचेष्टर युनाइटेड हल सिटीसँग २–१ गोल अन्तरले हारेपनि अंक तालिकाको आधारमा फाइनलमा प्रवेश गरेको हो ।
फाइनलमा म्यानचेष्टर युनाइटेडले साउथह्याम्टनको सामना गर्नेछ । साउथह्याम्टन यसअघि लिभरपुललाई १–० गोलले हराउँदै फाइनल प्रवेश गरिसकेको छ । हल सिटीले ३५ औं मिनेटमा पाएको पेनाल्टीमार्फत टोम हडलेस्टनले गोल गर्दै सिटीलाई अग्रता दिलाए ।
दोस्रो हाफको ६६ औं मिनेटमा पाउल पोग्बाले १० यार्ड टाढाबाट गोल गर्दै म्यानचेष्टर युनाइटेडलाई बराबरीमा ल्याएका थिए । हल सिटीका लागि टाइगर्ज उमार नायासले ८५ औं गोल गर्दै हल सिटीलाई जिताए पनि अंक तालिकामा सिटीलाई पछि पार्दै म्यानचेष्टर युनाइटेड फाइनल प्रवेश गर्यो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
५ जेठ २०८२ १३:२१
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १२:१९