इरानसँग सम्बन्ध विस्तार गर्न कुवेत इच्छुक
एजेन्सी, १३ माघ । कुवेतका विदेश मन्त्रीले गल्फका अरव राष्ट्रहरु र इरानसँग सम्बन्ध विस्तार गर्न इच्छुक रुहेको बताएको इरानको राज्यद्धारा सञ्चालित टेलिभिजनले जनाएको छ । उक्त टेलिभिजनले कुवेतका विदेशी मन्त्री सेख सबाह अल खालिद अल सबाहलाई उद्धृत गर्दै उनी इरान र गल्फका अरब राष्ट्रहरुसँग सम्बन्ध विस्तार गर्न इच्छुक रहहेको बताएको छ ।
उनले तेहरानको भ्रमणको क्रममा सो कुरा बताएको र यसबाट इरानसँगको सम्बन्धलाई सामान्यीकरण गर्न सहयोग पुग्ने र कुवेत पनि इरान तथा अरब राष्ट्रहरुको क्षेत्रीय साझेदारको रुपमा रहँदा सबै पक्षलाई लाभ हुने बताएको पनि उक्त टेलिभिजनले बताएको छ । सबाहले इरानका समकक्षी मोहमद जाभेद जरिफसँग भेटवार्ता गरी उनको यो सन्देश राष्ट्रपति हसन रोहानीसमक्ष पु¥याउन र आपसी सम्बन्ध सुधार तथा विस्तार आवश्यक भएको अनुरोध गरिदिन पनि आग्रह गरेका छन ।
गत जनवरीमा इरानका लागि कुवेती राजदुतलाई तेहरानमा प्रदर्शनकारीहरुले गरेको आक्रमणको सम्झना दिलाउँदै सो आक्रमणको निन्दा गरेका छन । उक्त आक्रमण दुईजना साउदी कूटनीतिक अधिकारीहरुलाई लक्षित गरिएको भए पनि कुवेती राजदुत पनि सोही घानमा परेका थिए । सोही घटनालाई दोष दिएर तेहरानमा रहेको आफ्नो दूतावास कुवेतले बन्द गरेन । तर, साउदी अरेबियाले भने त्यस बखत देखि इरानसँगको कुटनितिक सम्बन्ध बिच्छेद ग¥यो ।
साउदी अरबले सिते (सिया) समुदायका एकजना कर्मचारीलाई मृत्युदण्ड दिएपछि इरानका कट्टरपन्थीहरुले साउदी अरबको बिरोध स्वरुप उक्त हिंसात्मक प्रदर्शनी गरेका थिए ।