गायिका मेलिना राईको मनपराको मान्छे सार्वजनिक (भिडियोसहित)

भक्तपुर न्यूज

१३ माघ २०७३ ११:२३

गायिका मेलिना राईको मनपराको मान्छे सार्वजनिक (भिडियोसहित)

काठमाडौं, १३ माघ । गायिका मेलिना राईको नयाँ प्रस्तुती मैले मन पराको मान्छेको म्युजिक भिडियो सार्वजनिक भएको छ । सर्बोत्कृष्ट संगीतकारको बिधामा बिभिन्न म्युजिक एवार्डमा मनोनित युवा संगीतकार डी.आर. अटुको संगीत रहेको गीतमा आगमन गुरुङको शब्द, धनु ग्यांमीको एरेञ्ज रहेको छ । भिडियोमा मोडेल बिनोद न्यौपाने तथा सरला थापाले फिचरिङ्ग गरेका छन । भक्तपुरको बागमती क्लबमा छायांकन गरिएको यस भिडियोमा रिजो सिंह ठकुरीको मेकप तथा हेयर, अमृत सुनुवारको छायाँकन र माधव बेल्बासेको सम्पादन रहेको छ । यस भिडियोलाई संचारकर्मी नव ढुङेलले निर्देशन गरेका छन् । भिडियोलाई आर्टिस्ट नेपाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो ।
पछिल्लो समयमा गायिका मेलिना राई निकै चर्चित बनेकी छिन् । २०७१ सालमा पहिलो एल्बम बहार ल्याएकी मेलिनालाई दैनिक रेकर्डिङले गर्दा भ्याइनभ्याइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *