नीय तहको निर्वाचनपछि मात्र संविधान संशोधन प्रस्तावको टुङ्गो लाग्ने : कोइराला

भक्तपुर न्यूज

१३ माघ २०७३ ११:०२

नीय तहको निर्वाचनपछि मात्र संविधान संशोधन प्रस्तावको टुङ्गो लाग्ने : कोइराला

चितवन, १३ माघ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले संविधान संशोधन प्रस्तावमाथि नअल्मलिई यथाशक्य चाँडो निर्वाचनको मिति घोषणा गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल प्रेस युनियन चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थानीय तहको निर्वाचनपछि मात्र संविधान संशोधन प्रस्तावको टुङ्गो लाग्ने बताए ।
कोइरालाले संविधान संशोधन प्रस्तावकै कारण स्थानीय निर्वाचनको मिति घोषणा गर्न ढिलाई भइरहेको तर्क पनि गरे । नयाँ संरचनामा निर्वाचन गर्दा समय लाग्ने भएकाले अहिलेकै अवस्थामा स्थानीय तहको निर्वाचन गर्नुपर्ने पनि उनले बताए ।
स्थानीय तह र प्रदेशको निर्वाचन गर्दा दुई/तीन महिना समय रहने भन्दै कोईरालाले सोही समयमा संविधान संशोधन प्रस्तावको टुङ्गो लगाउनु पर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *