मेक्सिकोसँगको सीमामा पर्खाल बनाउन ट्रम्पको आदेश

भक्तपुर न्यूज

१३ माघ २०७३ ६:२३

मेक्सिकोसँगको सीमामा पर्खाल बनाउन ट्रम्पको आदेश

एजेन्सी, १३ माघ । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सीकोसगँको सिमानामा तत्कालै पर्खाल लगाउन आदेश दिएका छन् । चुनावमा व्यक्त गरेको प्रतिवद्धता अनुरुप नै ट्रम्पले राष्ट्रपति भएको केही समयमा नै यस्तो आदेश दिएका हुन् ।
करीब २ हजार किलो मिटर सिमानामा अभेद खालको पर्खाल लगाउन आदेश पत्रमा ट्रम्पले हस्ताक्षर गरेका छन् । यो पर्खाल बनाएको सत प्रतिशत खर्च मेक्सीकोले दिनु पर्ने ट्रम्पको तर्क रहे पनि मेक्सीकोले यस्तो प्रस्ताव अस्वीकार गरेको छ । सिमाना बिनाको कुनै देश नै नहुने ट्रम्पको तर्क छ ।
यो पर्खाल लगाए पछि अवैध आप्रवासी आउने क्रम रोकिनुका साथै नशालु पदार्थको तस्करी रोकिने ट्रम्पको विस्वास छ । साथै यसै आदेशमा ट्रम्पले अवैध आप्रवासी बढी बसिरहेका शहरहरुमा जाने राज्य कोषमा कटौती गर्ने प्रस्तावमा पनि ट्रम्पले हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *