रियल मड्रिड क्वाटरफाइनलबाट बाहिरियो
एजेन्सी, १३ माघ । रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ । गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा सेल्टा डि भिगोसँग २–२ को बराबरीमा रोकिएको रियल मड्रिड समग्रमा ४–३ को हारसहित प्रतियोगिताबाट बाहिरिएको हो ।
पहिलो लेगमा सेल्टा डि भिगोले रियल मड्रिडलाई २–१ ले हराएको थियो । अन्तिम चारमा पुग्नका लागि रियल मड्रियलाई जित अनिवार्य थियो भने सेल्टालाई बराबरी मात्रै भए पुग्ने थियो । रियलका लागि ४४ औं मिनेटमा डानिलोले गरेको आत्मघाती गोल निकै महंगो साबित भयो । डानिलोको आत्मघाती गोलबाट सेल्टाले पहिलो हाफमा १–० को अग्रता लियो । ६२ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले रियल मड्रिडका लागि बराबरी गोल फर्काए । पाँच मिनेट बाँकी हुँदा घरेलु टोली सेल्टाका लागि ड्यानिएल वासले गोल गर्दै २–१ को अग्रता दिलाए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
५ जेठ २०८२ १३:२१
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १२:१९