लिभरपुललाई हराउँदै साउथह्यामप्टन लिग कप फुटबलको फाइनलमा

भक्तपुर न्यूज

१३ माघ २०७३ ५:५८

लिभरपुललाई हराउँदै साउथह्यामप्टन लिग कप फुटबलको फाइनलमा

एजेन्सी, १३ माघ । लिभरपुललाई हराउँदै साउथह्यामप्टन इएफएल अर्थात लिग कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा लिभरपुललाई उसकै मैदानमा १–० ले हराएर समग्रमा २–० को जितसहित साउथह्यामप्टन फाइनलमा पुगेको हो ।
साउथह्यामप्टनलाई जिताउन इन्जुरी समयमा शाने लङले गरेको गोल निर्णायक बन्यो । पहिलो लेगमा पनि साउथह्यमप्टनले लिभरपुललाई १–० ले नै हराएको थियो ।
जितसँगै साउथह्यमप्टन सन् १९७९ पछि पहिलो पटक लिग कपको फाइनलमा पुगेको हो । फाइनलमा साथउह्यामप्टनको भेट म्यानचेस्टर युनाइटेड वा हल सिटीसँग हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *