क्यान इन्फोटेक आजबाट सुरु

भक्तपुर न्यूज

१३ माघ २०७३ ५:४३

क्यान इन्फोटेक आजबाट  सुरु

काठमाडौं, १३ माघ । काठमाडौंमा आजबाट सुबिसु क्यान इन्फोटेक–२०१७ सुरु भएको छ । क्यान महासंघको आयोजनामा ६ दिनसम्म राजधानीको भृकुटीमण्डपमा सञ्चालन हुने मेलामा सूचना प्रविधि क्षेत्रका विभिन्न कम्पनी गरी २ सय २२ स्टलहरु प्रदर्शनीमा रहने छन् ।
मेलामा कम्प्युटर हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एक्सेसरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स लगायत स्टल रहनेछन् ।
मेला अवलोकनका लागि एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । यस्तै विद्यार्थीको परिचय पत्र भएका भने टिकटको ५० रुपैयाँ मात्रै तिरे हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार मेलामा कम्प्युटर, इन्टरनेट, कम्प्युटर हार्डवेयर, सफ्टवेयर, टेलिफोन तथा मोबाइल फोन कम्पनीले छुट दिने छन् ।
यस्तै अनलाइन टिकट खरिदको अग्रिम रुपमा व्यवस्था मिलाइनेछ तथा अनलाइन टिकट खरिदमा २० प्रतिशत छुटसमेत प्रदान गरिने छ ।
यस्तै दृष्टिबिहीनहरुको संस्था उज्जवल नक्षत्र समाजले पनि सूचना र प्रविधिमा दृष्टिविहिनको पहुँच पुर्‍याउन भन्दै मेलामा स्टल राख्दै छ । दृष्टिविहिनहरुले डी ८८ नम्बरको स्टलमा पुगेर नयाँ प्रविधि र चलाउने तरिकाका बारेमा जानकारी लिन सक्ने समाजका कोषाध्यक्ष सुशील अधिकारीले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *