कौन बनेगा करोडपतिमा अब रणवीर कपूर आउने
एजेन्सी, १२ माघ । भारतको चर्चित टेलिभिजन शो कौन बनेगा करोडपति भन्ने बित्तिकै अभिनेता अमिताभ बच्चन नाम आउँछ । अब कौन बनेगा करोडपति अमिताभले नचलाउने भएका छन् ।
अमिताभले नचलाउने भएपछि यो शो अब बलिउड नायक रणवीर कपूरले चलाउने भारतीय मिडियाले जनाएका छन् । पहिलो सिजनदेखि नै अमिताभले यो शो सञ्चालन गर्दै आएका थिए । उनले नै कौन बनेगा करोडपतिलाई दर्शकमाझ स्थापित गरेका हुन् ।
सन् २००० बाट सुरु भएको केबिसीको ८ सिजन सकिसक्यो जसमा ७ सिजन अमिताभले चलाए भने एक सिजन शाहरुख खानले ।
शाहरुखले चलाएको सिजनले सफलता नपाएपछि पुनः अमिताभ शोमा फर्किएका थिए । भारतीय मिडिया अनुसार अमिताभ शोबाट बाहिरिनुको कारण भने प्रस्ट भएको छैन ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१० असार २०८२ १५:४४
ओली सरकार बिचौलियाका लागि बनेको रहेछ : अध्यक्ष यादव
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३३