१३ अञ्चलमा लाइसेन्स वितरण रोकियो
काठमाडौं, १२ माघ । सवारी चालक अनुमतिपत्र लाइसेन्स वितरणको काम बाग्मती बाहेका १३ अञ्चलमा ठप्प भएको छ । नयाँ लाइसेन्स जारी, प्रतिलिपि र नविकरणको काम रोकिँदा सेवाग्राही मारमा परेका छन् ।
सर्भर स्तरोन्नतिको काम भइरहेकाले काम ठप्प भएको यातायात व्यवस्था विभागले जनाएको छ । ड्राइभिङ लाइसेन्स रजिष्ट्रेशन सिस्टमको सर्भर झण्डै ६ वर्ष पुरानो भएकाले त्यसको स्तरोन्नती भइरहेकाले गएको आइतबारदेखि नै काम ठप्प भएको हो । पुरानो सिस्टममा रहेका २५ लाख रेकर्डलाई नयाँमा लानुपर्ने भएकाले अझै एक हप्ता काम प्रभावित हुने विभागका सवारी तथा सवारी चालक नियमन शाखाका अधिकृत अर्जुन रिजालले बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ असार २०८२ ११:३६
आज सुन तोलामा दुई हजार रुपैयाँ घट्यो
३ असार २०८२ ११:३७
वर्षायाममा पनि मेलम्चीको पानी नियमित वितरण गरिने
३ असार २०८२ ११:२९
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
३ असार २०८२ ११:३७
बाढीपहिरोबाट विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध
३ असार २०८२ ११:३८