नेपाल भ्रष्ट मुलुकको सुचीमा तेस्रो नम्बरमा

भक्तपुर न्यूज

१२ माघ २०७३ ६:५६

नेपाल भ्रष्ट मुलुकको सुचीमा तेस्रो नम्बरमा

काठमाडौं, १२ माघ । नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुकको सुचीमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार अवधारणा सूचकांक २०१६ ले आज सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल २९ अंक पाएर १ सय ३१ औं स्थानमा छ । यो अध्ययनमा १७६ देशलाई समावेश गरिएको थियो । गत वर्ष १६८ देशलाई समावेश गरिएको सूचकांकमा नेपाल २७ अंकसहित १३० औं स्थानमा थियो ।
नेपालले यो वर्ष पाएको अघिल्लो वर्षको अंक २ बढी हुनुले भ्रष्टचारको अवधारणामा सामान्य सुधार आएको हो कि भन्ने देखिएको छ । तर, नेपालले पाएको अंकमा भएको थोरै फेरबदलले भ्रष्टाचारमा कमी आएको भन्न नमिल्ने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ ।
दक्षिण एसियाली देशहरुमा भुटान सबैभन्दा कम भ्रष्ट मुलुक बनेको छ । ६५ अंकसहित भुटान भ्रष्टाचार अवधारणा सूचकांकको २७ औं स्थानमा छ । भारत ४० अंकसहित ७९ औ, माल्दिभ्स र श्रीलंका ९५ औं स्थानमा छन् । पाकिस्तान नेपाल भन्दा अगाडि छ, ३२ अंक पाएको पाकिस्तान ११६ औं स्थानमा छ । बंगलादेश १४५ औं स्थानमा छ भने अफगानिस्तान १५ अंकसहित १६९ स्थानमा छ । नेपाल भने बंगलादेश र अफगानिस्तान भन्दा मात्र अगाडि छ ।
सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क र न्यूजिल्याण्ड परेका छन् । दुबै देशले ९० अंक पाएका छन् । १० अंक पाएको सोमालिया भने विश्वकै भ्रष्ट मुलुक बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *