सूर्यबिनायक चोकमा ट्रिपरले बाइकलाई ठक्कर दिँदा बस्नेत दम्पती घाइते
भक्तपुर, १२ माघ । भक्तपुरको सूर्यबिनायक चोकमा एकै दिशाबाट आएको ट्रिपरले मोटरसाईकलाई ठक्कर दिँदा बस्नेत दम्पती घाईते भएका छन् । भक्तपुरबाट काठमाडौंतर्फ जान लागेको बा ४ ख ६९८३ नं को ट्रिपरले बा ७९ प ७०३ नं को मोटरसाईकललाई ठक्कर दिँदा बाइक चालक रामचन्द्र बस्नेत र श्रीमती बिमला बस्नेत घाइते भएका छन् । घाईते मध्ये २८ बर्षिया बिमला बस्नेतको अवस्था चिन्ताजनक रहेको र हाल मध्यपुर अस्पतालमा उपचार भइरहेको तथा रामचन्द्रलाई नर्भिकमा उपचारको लागि लगिएको महानगरिय प्रहरी बृत जगातीले जनाएको छ । बस्नेत दम्पती सिन्धुपाल्चोक निवासी रहेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटना लगत्तै ट्रिपर चालक सिन्धुपाल्चोक निवासी वांङ्जु लामालाई महानगरिय प्रहरी परिसर जगातीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०