ट्रम्पलाई सिरियाली बालिकाको खुला पत्र

भक्तपुर न्यूज

१२ माघ २०७३ ६:३०

ट्रम्पलाई सिरियाली बालिकाको खुला पत्र

एजेन्सी, १२ माघ । महिलामाथिको यौन हिंसा, अपाङ्ग भएका पत्रकारको अपमान, आप्रबासीप्रतिको कडा नीति लगायत कारण अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्प आलोचित हुनुहुन्छ । राष्ट्रपतिमा निर्वाचित भइसक्दा पनि उनलाई राष्ट्रपति नमान्ने अमेरिकामा धेरै छन् । त्यसैले त उनको शपथ ग्रहणका बेला विरोध ¥याली समेत निकालिएको थियो । अमेरिकालाई नयाँ ढंगमा अघि बढाउने प्रतिवद्धता जनाएका ट्रम्पको कार्यकाल कस्तो होला त भन्ने जिज्ञासा बच्चादेखि वृद्धसम्म सबैको चासोको विषय हो । ‘ट्रम्पले केही गर्दैनन्’ भन्नेको जमात एकातिर छँदैछ तर उनबाट अपेक्षा नै नगरिएको भने छैन । यस्तैमा सिरियाकी एक सात वर्षीया बालिकाले ट्रम्पलाई पत्र लेखेकी छन् । जसमा उनले ट्रम्पबाट आफूले गरेको अपेक्षाबारे खुलाएकी छन् । सिरियाको एलेप्पोकी सात वर्षीया बाना अलावेद ट्वीटरमा आफ्नो ट्वीटका कारण विश्वमाझ चर्चित छन् । तिनै बाना अलावेदले ट्रम्पलाई खुला पत्र लेख्दै भनेकी छन् ‘तपाईंले सिरियाका बालबालिकाका लागि पनि केहि गर्नुपर्छ किनभने त्यहाँका बालबालिका पनि तपाईंका सन्तान जस्तै हुन र उनीहरुले पनि शान्तिसँग बाँच्न पाउनुपर्छ ।’एलेप्पोमा हिंशा चुलिएका बेला अरु धेरै सिरियालीलाई जस्तै त्यहाँबाट उद्धार गरेर टर्की पु¥याइएकी बानालाई उनकी आमा फतेमाले ट्वीटर अकाउण्ट चलाउन मद्दत गर्छिन् । फतेमाले छोरी बानाले ट्रम्पलाई लेखेको खुला पत्र बिबिसीलाई पठाएको बिबिसीमा उल्लेख छ । फतेमाका अनुसार धेरै पटक टिभीमा ट्रम्पलाई देखेकी बानाले ट्रम्पको सपथ अघि त्यो पत्र लेखेकी हुन् ।
खुला पत्रको अनुवाद


प्रिय डोनाल्ड ट्रम्प,  मेरो नाम बाना अलावेद हो । म सात वर्षकी भएँ र मेरो घर सिरीयाको एलेप्पोमा हो । पूर्वी एलेप्पोबाट गएको डिसेम्बरमा उद्धार गरिनु अघिको मेरो पूरा जीवन मैले सिरीयामा बिताएँ । तर अहिले म टर्कीको नयाँ घरमा शान्ति साथ बसिरहेको छु । म सिरीयामा स्कुलमा अध्ययन गर्थे तर बम विस्फोटमा स्कुल भत्कियो । मेरा केही साथीहरुको मृत्यु भयो । मलाई ती साथीहरु सम्झँदा दुःख लाग्छ । मलाई उनीहरु अहिले मसँगै भएको भए सँगै खेल्न पाउँथे जस्तो लाग्छ । एलेप्पोमा खेल्न पाईन्न । त्यो मृत्युको शहर थियो । अहिले टर्कीमा म रमाउन पाएकी छु । बाहिर हिँडडुल गर्न पाउँछु । म स्कुल पनि जान पाउँछु तर अहिलेसम्म गएकी भने छैन । त्यसैले शान्ति सबैलाई आवश्यक छ तपाईंलाई पनि । मैले यहाँ शान्तिसँग जीवन बिताइरहेको भएपनि धेरै सिरीयाली बालबालिका विभिन्न ठाउँहरुमा दुःखमा जीवन बिताइरहेका छन् । उनीहरुले वयस्कहरुका कारण  दुःख पाउनु परेका हो । मलाई थाहा छ तपाईं अमेरिकाको राष्ट्रपति बन्नुहुनेछ । त्यसैले के तपाईं सिरियाका बालबालिका र अरु मानिसको जीवन रक्षा गर्न सक्नुहुन्छ रु तपाईंले सिरियाका बालबालिकाका लागि केही गर्नैपर्छ किनभने ती पनि तपाईकै सन्तान जस्तै हुन् र उनीहरुले पनि शान्ति सँग बाँच्न पाउनुपर्छ तपाईले जस्तै । यदी तपाईंले सिरीयाका बालबालिकाका लागि केही गर्ने प्रतिवद्धता जनाउनुहुन्छ भने म अहिलेनै तपाईको नयाँ साथी बनेँ । तपाईंले सिरीयाका बालबालिकाका लागि केही गर्नुहुन्छ भन्ने प्रतिक्षामा म रहनेछु । रुसी राष्ट्रपति भ्लादमिर पुटिनको निकट मानिएका ट्रम्पले अहिलेसम्म सिरियाप्रतिको आफ्नो आधिकारिक धारण तय गरिसकेका छैनन् । रुसले सिरियाली राष्ट्रपति बसर अल असदलाई समर्थन गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *