मोरक्को र कङ्गो क्वाटरफाइनलमा
एजेन्सी, १२ माघ । मोरक्को र कङ्गो अफ्रिका कप अफ नेशनसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराति भएका खेलमा मोरक्कोले आइभरी कोस्टलाई र कङ्गोले टोगोलाई हराउँद क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।
समूह चरणको अन्तिम खेलमा आइभरी कोस्टलाई १–० ले हराउँदै मोरक्कोले समूह सी को उपविजेताको रुपमा अन्तिम ८ मा स्थान पक्का गरेको हो । मोरक्कोको जितमा ६४ औं मिनेटमा राचिड अलियीले गरेको गोल नै निर्णायक बन्यो । अर्काे खेलमा टोगोलाई ३–१ ले हराएको प्रजातान्त्रिक गणतन्त्र कङ्गो समूह सी को विजेताको रुपमा अन्तिम ८ मा पुगेको हो । कङ्गोको जितमा जुनियर काबानान्गा, एनडोम्बे मुबेले र पउल–जोसे एमपोकुले गोल गरे । टोगोका लागि कोड्जो फो–डोह लाबाले एक गोल फर्काए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:१९
युक्रेनमाथि रुसको सबैभन्दा ठूलो हवाई आक्रमण
१५ असार २०८२ १६:२५