गायक पन्नकाजीको ८५ वर्षको उमेरमा निधन

भक्तपुर न्यूज

१२ माघ २०७३ ५:५४

गायक पन्नकाजीको ८५ वर्षको उमेरमा निधन

काठमाडौं, १२ माघ । पुराना गायक तथा संगीतकार पन्नाकाजी शाक्यको ८५ वर्षको उमेरमा निधन भएको छ । उनको आज बिहान साढे ५ बजे ताहाचलस्थित निवासमै निधन भएको हो ।
वि.संस १९८८ साल पुस १५ गते काठमाडौंको ओमबहालमा जन्मिनु भएका गायक शाक्यको बुवाको नाम चतुरमान शाक्य र आमाको नाम बालकुमारी शाक्य हो । उनले २००४ सालदेख गीत गाउन थालेका हुन् । २००८ सालमा रेडियो नेपालमा पहिलो पटक गीत गाएका शाक्यले २०१६ सालमा पहिलो गीत रेकर्ड गराएका थिए । २०२२ सालमा गायनमा उत्कृष्ट बन्दै उनले स्वर्ण पदक जितेका थिए । रेडियो नेपालमा जागिरे उनले २०४० सालपछि रेडियो छोड्नु भएको थियो ।
उनले किन–किन तिम्रो तस्बिर र लोलाएका ती तिम्रा आँखाको पुरानो मेलोडी, नौलाखे तारा, एकानी दुवानी, रात यो नबित्ला, लालीगुराँस फुल्यो है लगायत सिर्जना दिएका छन् । आधुनिक, भजन, स्वदेशगान, लोकगीत र नेपाल भाषाका गरी उनका करिब चार सय गीत रेकर्ड भएका छन् । मविवि शाहको किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ बोलको गीत सबैभन्दा पहिले उनले नै गाएका थिए । उनका चार छोरा र एक छोरी छन् । दुई छोरा गीत संगीतमा नै सक्रिय छन् । उनको आज नै अन्त्येष्टि गरिने आफन्तजनले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *