संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचन अनिवार्य : देउवा

भक्तपुर न्यूज

११ माघ २०७३ १०:५०

संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचन अनिवार्य : देउवा

नेपालगञ्ज, ११ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी वैशाखभित्र स्थानीय तहको निर्वाचन हुने निश्चित भएको बताउँदै निर्वाचनमा सहभागी भएर संविधान कार्यान्वयनमा साथ दिन आग्रह गरेका छन् ।
नेपालगञ्जको गणेशमान चौकमा २०४६ सालको जनआन्दोलनका कमाण्डर स्व. गणेशमान सिंहको आज पूर्णकदको शालिक अनावरण गर्दै सभापति देउवाले वैशाखभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गनैका लागि बर्तमान सरकार प्रतिवद्ध रहेको दावी गरे ।
उनले वैशाखभित्र स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि मङ्सिरमा प्रान्तिय र सङ्घीय संसदको निर्वाचनको तयारी गरिएको जानकारी दिए । संविधान कार्यान्वयनका लागि स्थानीय तह, प्रान्तिय र सङ्घीय संसदको निर्वाचन अनिवार्य रहेको भन्दै सभापति देउवाले नेपाली कांग्रेस र बर्तमान सरकार निर्वाचनका लागि प्रतिवद्ध रहेको दावी गरे । सङ्घीय गणतन्त्रका योगदानका लागि सबै पक्षलाई मिलाएर लैजान आवश्यक भएको उनको भनाई छ ।
उनले मधेसका जनताको भावनाको प्रतिनिधित्व हुने गरी सरकारले संविधान संशोधन प्रस्ताव संसदमा प्रस्तुत गरेको बताए । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले मुलुकभित्र बैमनस्यता खडा गराएर राष्ट्रियता बलियो नहुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *