गीत छायाँकनको क्रममा अभिनेत्री प्रियंका काकी बेहोस
काठमाडौं, ११ माघ । अभिनेत्री प्रियंका कार्की फिल्म राधेको एक गीत छायाँकनको क्रममा हिजो बेहोस भएकी छिन् । दोलखाको कालिञ्चोकमा मान्छे हुँ म बाट नी गल्ती हुनसक्छु बोलको गीत छायाँकन हुँदै गर्दा एक्कासी बेहोस भएकी हुन् ।
निखिल उप्रेतीसँग कम्मर मर्काउँदै गरेकी प्रियंका एक्कासी बेहोस भएपछि केहि समय छायाँकन नै प्रभावित भएको थियो । चिसो मौसमका कारण प्रियंका एक्कासी ढलेको हुन सक्ने फिल्म स्रोत जनाएको छ । करिब १० मिनेटपछि होसमा आएकी कार्कीको हाल सामान्य अवस्था रहेको छ ।
फिल्मको उक्त गीतको भने छायाँकन सकिएको र फिल्मका अन्य ७ र ८ दृश्य खिच्न बाँकी रहेको निर्माता सुशील पोखरेलले बताए । प्रियंकाको स्वस्थ्य अवस्था सामान्य बनेमा आज सबै छायाँकन सकेर निर्माण टिम काठमाडौं फर्किनेछ । फिल्मलाई जगदिश्वर थापाले निर्देशक गरेका छन् । फिल्म राधे आगामी बैसाख १ गते रिलिज हुनेछ ।