आकासिँदै सुनको भाउ
काठमाडौं, ११ माघ । आज पनि सुनको भाउ १ सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज फाइन सुन (९९.९९ प्रतिशत सुद्ध) को मूल्य प्रतितोला ५५ हजार ७ सय रुपैयाँ कायम भएको छ। त्यस्तै, स्टाण्डर्ड सुन (९९. ५० प्रतिशत शुद्ध)को मूल्य प्रतितोला ५५ हजार ४ सय रुपैयाँ रहेको छ।
चाँदीमा मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य ८ सय रुपैयाँ तोकिएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
