श्रीलंकाली पूर्वप्रशिक्षक वाटमोरले राष्ट्रिय क्रिकेट खेलाडीलाई प्रशिक्षण दिने

भक्तपुर न्यूज

११ माघ २०७३ ८:११

श्रीलंकाली पूर्वप्रशिक्षक वाटमोरले राष्ट्रिय क्रिकेट खेलाडीलाई प्रशिक्षण दिने

काठमाडौं, ११ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई श्रीलंकन राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक डेभ ह्वाटमोरले प्रशिक्षण दिदैछन् । आइसीसी विश्व क्रिकेट लिगअन्तर्गत् केन्याविरुद्ध हुने खेलका लागि नेपाली टोलीलाई प्रशिक्षण दिन ह्वाटमोर नेपाल आएका हुन् । श्रीलंकालाई एक दिवसीय विश्वकप क्रिकेटको उपाधि दिलाएका ह्वाटमोरलाई ‘ब्याट एन्ड बल फाउन्डेसन’ले केन्याविरुद्धको खेलका लागि नेपाल ल्याएको हो ।
यसअघि पाकिस्तान, बंगलादेश, जिम्बाबे तथा इन्डियन प्रिमियर लिग आइपीएलको टोली कोलकाता नाइट राइडर्सलाई समेत प्रशिक्षण दिइसकेका ह्वाटरमोरलाई विश्व क्रिकेट जगतको उत्कृष्ट प्रशिक्षक मानिन्छन् ।
अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट टोलीबाट अन्तराष्ट्रिय खेलसमेत खेलेका ह्वाटमोरले नेपाली टोलीकोबारेमा त्यति धेरै जानकारी नभएपनि अन्तराष्ट्रिय क्रिकेटमा नेपालको बलियो सम्भावनाको बारेमा आफू जानकार रहेको प्रतिक्रिया दिए।
उनले नेपाली टोलीसँग जोडिन पाउँदा आफू निकै उत्साहित रहेका समेत बताए । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत् केन्याविरुद्ध नेपालले आगामी फागुन २८ र ३० गते दुईओटा एकदिवसीय खेल खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *