ट्युनिसिया र सेनेगल अन्तिम ८ मा
एजेन्सी, ११ माघ । ट्युनिसिया अफ्रिका कप अफ नेशनसको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको समूह चरणको अन्तिम खेलमा जिम्बाबेलाई ४–३ ले हराउँदै समूह बी को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
ट्युनिसियाको जितमा स्लिटी, एसाक्की, खेनिस्सी र खजरीले गोल गरे । यस्तै जिम्बाबेका लागि मुसोना र एनडोरोले गोल गरे ।
गएराति नै भएको खेलमा सेनेगलसँग २–२ को बराबरीमा रोकिएको अल्जेरिया जित बिना नै समूह चरणबाटै बाहिरिएको छ । सेनेगलका लागि डिओप र सोवले गोल गरे । यस्तै अल्जेरियाका लागि दुवै गोल स्लिमानीले गरे । सेनेगल पनि अन्तिम ८ मा पुगेको छ । अल्जेरियाले भने समूह चरणका तीन खेलमा एउटा पनि जित निकाल्न सकेन । दुई खेलमा बराबरी खेलेको अल्जेरिया एक खेलमा भने पराजित भयो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००
आजदेखि पेट्रोलमा ५, डिजेल र मट्टितेलमा ४ रुपैयाँ वृद्धि
२० असार २०८२ ६:००