एसिया कप छनौटको ड्र आज सार्वजनिक
काठमाडौं, १० माघ । सन् २०१९ मा युनाइटेड अरब इमिरेट्स(युएई)मा आयोजना हुने एसिया कपको छनोट चरणको खेल तालिका आज आबुधावीमा सार्वजनिक भएको छ। जस अनुसार नेपाल समूह एफ मा परेको छ । ड्र मा नेपाल भएको समूहमा यमन, ताजकिस्तान र फिलिपिन्स रहेका छन् ।
अन्तिम चरणको छनौटमा २४ टिम छन् । चार–चार टिमको ६ समूह बनाइएको छ । प्रत्येक समूहको शीर्ष दुई टिम एसियन कपमा छनोट हुनेछन् । डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया, जापानलगायत विश्वकप २०१८ मा एसियाली छनौटको अन्तिम चरणमा पुगेका १२ देशले यसअघि छानिइसकेका छन् ।
नेपालको खेल तालिका
मार्च २७ र जुन १३– विरूद्ध यमन
मार्च २८ र नोभेम्बर १४ – विरूद्ध फिलिपिन्स
सेप्टेम्बर ५ र अक्टुबर १०– विरूद्ध ताजकिस्तान
कुन समूहमा को को ?
समूह ए
किर्गिस्तान
भारत
म्यानमार
मकाउ
समूह बि
डिपिआर कोरिया
हङकङ
लेवनान
मलेसिया
समूह सी
जोर्डन
भियतनाम
अफगानिस्तान
कम्बोडिया
समूह डि
ओमन
प्यालेस्टाइन
माल्दिभ्स
भुटान
समूह इ
बहराइन
तुर्किमिनिस्तान
चाइनिज ताइपे
सिंगापुर
समूह एफ
फिलिपिन्स
ताजकिस्तान
यमन
नेपाल