भगौडालाई ७ दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयको उर्दी

भक्तपुर न्यूज

१० माघ २०७३ ११:१२

भगौडालाई ७ दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयको उर्दी

काठमाडौं, १० माघ । बिभिन्न बहानामा कार्यालयमा अनुपस्थित भएका प्रहरी कर्मचारीहरुलाई प्रहरी प्रधान कार्यालय नक्सालले ७ दिन भित्र हाजिर हुन उर्दी जारी गरेको छ । प्रधान कार्यालयले विभिन्न पदमा कार्यरत १९ जनालाई ७ दिन भित्र कार्यालयमा उपस्थित हुन उर्दी जारी गरेको छ ।
‘यो सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक ७ दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित यस कार्यालयमा हाजिर हुन आउनुहोला, प्रधान कार्यालयद्वारा आज जारी सूचनामा उल्लेख छ । अन्यथा प्रहरी नियमावली २०१७ अनसार कार्वाही हुने पनि सूचनामा उल्लेख छ । साथै प्रधान कार्यालयले भगौडा भनिएकाहरु खोजतलास गर्दा समेत नभेटिएको जनाएको छ ।
कार्यालयलाई जानकारी नदिई कार्यालयमा अनुपस्थित हुने प्रहरीहरुमा भक्तपुर सूर्यविनायकका नेत्रप्रसाद घिमिरे, कपिलबस्तुका पुजारी प्रसाद गुप्ता, बाँकेका बिर बहादुर थापा, सुनसरीकी कमला चौधरी, सप्तरीका अशोक कुमार यादवलगायत छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *