पर्समा राखेर सुन तस्करी गर्नै एकलाई पक्राउ
रसुवा, १० माघ । अवैध रुपमा पर्समा राखेर ल्याएको १ सय १७ ग्राम सुनसहित रसुवागढी नाकाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा यार्सा–९ का ४६ वर्षका चक्रबहादुर धमला रहेको प्रहरीले जनाएको छ ।
चीनको केरुङबाट पर्समा राखेर ल्याएको सुनसहित धमलालाई नियमित जाँचको क्रममा प्रहरीले दिउँसो एक बजेतिर पक्राउ गरेको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
