आजदेखि सहिद सप्ताह सुरु
काठमाडौं१० माघ । विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवनको बलिदानी गरेका सहिदहरुको सम्झनामा आजदेखि सहिद सप्ताह सुरु भएको छ ।
माघ १० अर्थात आजकै दिन योद्धा शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र प्राप्तीका लागि टेकुको पचलीमा जीवन बलिदानी दिएका थिए । तत्कालीन जहानियाँ राणा शासकले विक्रम सवतं १९९७ माघ १० गते शास्त्रीलाई पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो । यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएका थिए । सात दिन सहिद सप्ताह मनाएपछि माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ । हरेक वर्ष माघ १० गतेदेखि सात दिन सहिद सप्ताह मनाउने गरिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५