यातायात कार्यलयको कम्प्युटर सर्भर बिर्गेपछि सेवाग्राही मर्कामा

भक्तपुर न्यूज

१० माघ २०७३ ५:५२

यातायात कार्यलयको कम्प्युटर सर्भर बिर्गेपछि सेवाग्राही मर्कामा

यातायात व्यवस्था कार्यालय, लुम्बिनी अञ्चलको कम्प्युटरको सर्भर नेट बिग्रिएपछि एक सातादेखि काम ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

कम्प्युटरको सर्भर बिर्गदा कुनै काम गर्न नसकिएको कार्यालय प्रमुख बेदप्रसाद अर्यालले बताए। उनले भने मर्मतका लागि विभागमा पठाएको मर्मत नभइसकेको र अझै केही दिन लाग्न सक्छ । बुटबल कार्यालयले माघ २ गते एक सूचना जारी गर्दै कम्प्युटरको सर्भर बिग्रिएको भन्दै लाइसेन्स जारी गर्ने, नवीकरण गर्ने, तथ्यांक राख्ने जस्ता महत्वपूर्ण काम गर्न नसक्ने जानकारी गराएको थियो ।

उक्त सर्भर केन्द्रीय टाडा बैंकमा जोडिने हुँदा राजस्व सङ्कलन, दर्ता, नवीकरणजस्ता कुनै पनि काम गर्न नमिल्ने कार्यालयले जनाएको छ । गएको सातादेखि सरकारी कार्यालयमा काम ठप्प हुँदा टाढाबाट लाइसेन्स नवीकरण गर्न आउने समेत प्रभावित भएका छन् ।दैनिक कामको लागि निकै भिडभाड हुने यातायात कार्यालय केही दिनदेखि सुनसान बनेको छ । बागमतीपछि लुम्बिनी लाइसेन्स कार्यालयमा सेवाग्राहीको बढी चाप हुने गर्दछ । कार्यालयमा दैनिक एक हजारदेखि १२ सय जनाले सेवा लिने गरेको कार्यालयको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *