अमेरिकि आँधिमा १८ को मृत्यु केही स्थानमा आपतकाल घोषण
एजेन्सी १० माघ । अमेरिकाको दक्षिण क्षेत्रमा तुफानको कारण १८ जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् । जर्जियाका सात स्थानमा आपतकालीन अवस्था घोषणा गरिएको छ । जर्जियामा मात्रै १४ जनाको मृत्यु भएको छ ।
मिसीसिपीमा चार जनाको मृत्यु भएको बताइएको छ । फ्लोरिडाको सीमा क्षेत्रमा रहेको ट्रेलर पार्कमा पनि केही व्यक्तिको मृत्यु भएको खबर छ । कैयौंका घरहरु भत्किएका छन् भने रुखहरु ढलेका छन् । अधिकारीहरुले अलबामा र फ्लोरिडाको उत्तर क्षेत्रमा मौसम अझै खराब हुन सक्ने बताएका छन् । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाका गर्भनरसँग कुरा गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको बीबीसीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४