लोकमानलाई कालो मोसो दल्ने सम्मानित

भक्तपुर न्यूज

९ माघ २०७३ ११:०४

लोकमानलाई कालो मोसो दल्ने सम्मानित

कास्की, ९ माघ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई कालोमोसो दल्नेहरुलाई सम्मान गरेको छ।
ठूला भ्रष्टलाई कारबाहीको सुरुवात गरेको उल्लेख गर्दै माओवादीले चन्द्रबहादुर बुढा, प्रकाश शाही र विपेन्द्र गौतमलाई सम्मान गरेको हो। बुढा, शाही र गौतमले तत्कालीन अख्तियार प्रमुख कार्कीलाई गत पुस ७ गते सर्वोच्च अदालतको परिसरमै कालोमोसो दलेका थिए। उनीहरु चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता हुन्।
कार्यक्रममा पार्टीका महासचिव चन्दले भ्रष्टलाई कारबाही गरेकोले सम्मान गरिएको स्पष्ट पारे। उनले भ्रष्टलाई कारबाही गर्नेहरुलाई सरकारले सम्मानको साटो कारबाही गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए। कार्कीलाई कालोमोसो दल्ने बुढा, शाही र गौतम तीनै जनालाई एक महिना हिरासतमा राखिएको थियो।
महासचिव चन्दले जनताविरोधी सरकारले भ्रष्टहरुलाई मात्रै सम्मान गर्ने गरेको बताए। उनले सरकारविरुद्ध सशस्त्र संघर्ष गर्ने चेतावनीसमेत दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *