न्युरो अस्पतालमा तोडफोड
काठमाडौं, ९ माघ । राजधानीको बाँंसबारीस्थित न्युरो अस्पतालमा तोडफोड भएको छ । सडक दुर्घटनामा परी गम्भीर घाइते भएका २७ बर्षीय युनिस नगरकोटीको उपचारको क्रममा मृत्यु भएपछि अस्पतालमा तोडफोड भएको हो ।
अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोशित भीडले अस्पतालमा तोडफोड र चिकित्सकहरुमाथि आक्रमण गरेका थिए । नगरकोटीको मृत्युको खबर सुनेर अस्पताल पुगेका दर्जनौं व्यक्तिले अन्धाधुन्ध आक्रमण गरेको अस्पताल प्रशासनले जनाएको छ ।
घटनाबाट त्रस्त बनेको अस्पताल प्रशासनले आकस्मिक बाहेकका सबै सेबा बन्द गरेको छ । घटनामा करीव दुई दर्जन व्यक्ति घाइते भएको छन् ।
प्रहरीले तोडफोडमा संलग्नहरुलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि समेत आक्रमण भएको थियो । घटनामा संलग्न २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१६
मोटरसाइकल दुर्घटना हुँदा बाबुछोरासहित तीन जनाको मृत्यु
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२५